सूचना ! सूचना !! सूचना !!!
यस सेवा प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेश सरकार सामाजिक विकास डिभिजन कार्यालयको आयोजनामा, तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा निम्नानुसारका तालिमहरू सञ्चालन गरिने भएकोले तुलसीपुर उपमहानगरपालिकाका वडा नं. ६, ७, ९, १२, १३ र १५ का इच्छुक तथा योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरिन्छ।
तालिमको विवरण:
१. अचार उत्पादन तालिम – २० जना
२. हातले बाटेको धुप उत्पादन तालिम – २० जना
३. गुडिया (डल) निर्माण तालिम – २० जना
योग्यता:
- १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेका नेपाली नागरिक
- तालिमप्रति रुचि तथा सिक्ने इच्छा भएको
- शहरी गरिब, पिछडिएका दलित, युवा-युवती तथा महिलाहरूलाई विशेष प्राथमिकता दिइनेछ
तालिम अवधि:
- १५ दिन
महत्त्वपूर्ण मितिहरू:
- आवेदन दिने अन्तिम मिति: २०८२ चैत १३ गतेसम्म
- तालिम सञ्चालन हुने मिति: २०८२ चैत १५ गतेदेखि
आवेदन दिने स्थान:
- सेवा प्रतिष्ठान नेपालको कार्यालय, बाहिनी चोक
- सम्बन्धित वडा कार्यालयहरू
सम्पर्क:
- फोन: ०८२–५२०५६२
- इमेल: sewafoundation2061@gmail.com
विशेष सूचना:
सीमित सिट भएकाले इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित समयमै आवेदन दिनुहुन अनुरोध गरिन्छ।उक्त तालिम पूर्ण रूपमा निःशुल्क सञ्चालन गरिनेछ।